Home News सिम्रिकको विशेष प्याकेज : हेलिकोप्टरबाट गोसाइँकुन्ड पुग्दा दंग वृद्ध बुबाआमा

सिम्रिकको विशेष प्याकेज : हेलिकोप्टरबाट गोसाइँकुन्ड पुग्दा दंग वृद्ध बुबाआमा

Nov 12, 2020

काठमाडौं : ९३ वर्षीय वृद्ध बुबा र ९० वर्षीया वृद्धा आमा सिम्रिकको हेलिकोप्टर चढेर गोसाइँकुन्डको दर्शन गरेका छन्। जीवनको उत्तरार्द्धमा गोसाइँकुन्डको दर्शन गर्ने सपना पुरा भएकोमा वृद्ध बुबाआमा दंग देखिन्थे । सुरक्षित तरिकाले आरामपूर्वक गोसाइँकुन्ड यात्रा संभव बनाइदिएकोमा खुसी हुँदै सिम्रिक परिवारप्रति उनीहरूले आभार व्यक्त गरेका छन्।

प्रसिद्ध धार्मिक स्थल तथा सुन्दर पर्यटकीय गन्तव्य गोसाइँकुन्ड यात्राका लागि सिम्रिक एयरले चाड पर्वको विशेष प्याकेज ल्याएको छ। त्यही प्याकेजअन्तर्गत ज्येष्ठ नागरिकहरु सहज रुपमा गोसाइँकुन्ड जान थालेका हुन्।  कोरोना संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका सबै माफदण्ड र सावधानी अपनाइएको छ। यो प्याकेजको उपयोग गर्दै अब सर्वसाधारणले पनि सुरक्षित तवरले आरामपूर्वक सजिलै गोशाइकुन्डको दर्शन गर्न पाइने भएको छ।

जीवनमा एकपटक गोसाइँकुन्डको दर्शन गर्ने धेरैको सपनालाई यो प्याकेजले सहज र सुलभ बनाएको छ। गोशाइकुन्ड यात्रा अन्तरगत मनोरम तालको दृश्यावलोकन, ताल र कुन्ड दर्शन तथा पुजा  एवं सम्झनाका लागि तस्बिर तथा भिडियो छायांकन गर्न सकिन्छ। सिम्रिकले शिवरात्रीको अवसरमा पनि सयौं तिर्थयात्रीलाई हेलिकोप्टरमार्फत गोसाइँकुन्ड पुर्‍याएको थियो।

विस्तृत जानकारी तथा बुकिङका लागि तपाईको नजिकको ट्राभल्स एजेन्सी तथा सिम्रिक एयर हेलिकोप्टर (01 4155340/41/42/43 ) मा सिधै फोन गर्न सक्नुहुनेछ।

———————————-

नेपालको रसुवा जिल्लामा ४, ३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ ।

सरकारले सिम्रिक एयरलाई कोरोना भाइरस संक्रमितको  उद्धार गर्ने अनुमति दिएपछि त्यो संवेदनशील काम पनि सिम्रिकले गर्दै आएको छ।निजी क्षेत्रको अग्रेणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य मन्‍त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेकोले यस्तो अनुमति प्रदान गरिएको हो।

हाल सिम्रिकसँग पाँच हेलिकोप्टर संचालनमा छन्। त्यसमध्ये दुईवटा हेलिकोप्टरमा संक्रमितको उद्धारका लागि प्रयोग गरिनेछ। त्यसका लागि दुवै हेलिकोप्टर डब्लुएचओ र स्वास्थ्य मन्‍त्रालयको तोकेको प्रोटोकलअनुसारका तयार गरिएको छ। अन्य आपतकालीन उद्धारक लागि पनि सिम्रिकले सुलभ रुपमा सेवा उपलब्ध गराउँदै आएको छ।

News Source: Annapurna Post

Picture Courtesy: Samikshya Acharya

(In Picture: Pilot-In-Command Capt. Siddartha J. Gurung with Hajur Buwa and Hajur Aama)